राजनीति

लुम्बिनी प्रदेशमा मन्त्रिमण्डल पुनः विस्तार

लुम्बिनी प्रदेशमा मन्त्रिमण्डल पुनःविस्तार गरिएको छ। मुख्यमन्त्रीमा पुनः नियुक्ति भएपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले आज दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका हुन्। मुख्यमन्त्री पोखरेलले कल्पना पाण्डेलाई शिक्षा तथा सामाजिक विकासमन्त्री र सुमन शर्मा रायमाझीलाई भौतिक पूर्वाधार राज्यमन्त्रीमा नियुक्त गरेका छन्।  

नवनियुक्त शिक्षामन्त्री पाण्डेलाई प्रदेश प्रमुख धर्मनाथ यादव र राज्यमन्त्री रायमाझीलाई मुख्यमन्त्री पोखरेलले पद तथा गोपनीयताको शपथ गराए। सात सदस्यीय मन्त्रिमण्डलमा हाल मुख्यमन्त्रीसहित नेकपा एमालेका तीन र जनता समाजवादी पार्टीका राज्यमन्त्रीसहित चार जना सहभागी छन्। 

प्रकाशित: २० वैशाख २०७८ १५:१७ सोमबार

लुम्बिनी प्रदेश