राजनीति

लुम्बिनी प्रदेशः एमाले छोडेका दुई सांसद फेरि एमालेमै

लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य धर्मबहादुर लाल श्रीवास्तव र अजय शाही एमालेमै फर्किएका छन्। आइतबार माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीको नेतृत्वमा सरकार गठनको पक्षमा उभिएका उनीहरुले सोमबार एमालेमै रहेको जनाएका छन्।

सूर्य चिन्हबाट चुनाव लडेका स्वतन्त्र राजनीतिक समूहका श्रीवास्तव र शाहीले सोमबार संयुक्त वक्तव्य जारी गर्दै आफूहरुको समर्थन मुख्यमन्त्री शंंकर पोखरेललाई रहेको बताएका छन्। 

 

प्रकाशित: २० वैशाख २०७८ ०८:२२ सोमबार

लुम्बिनी प्रदेश