राजनीति

विवादकैबीच पोखरेलले प्रदेश प्रमुखलाई आफ्नै कार्यालयमा लगेर खाए सपथ

अन्ततः विवादकैबीच लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आफ्नै कार्यालयमा सपथ ग्रहण गरेका छन्। विपक्षी सांसदहरुको बिरोध र धर्नाका बावजुद प्रदेश प्रमुखलाई मुख्यमन्त्री कार्यालयमै लगी सपथ ग्रहण कार्याक्रम गरीएको हो।

विपक्षी दलका सांसदहरु दिउँसोदेखि नै संविधान विपरीत भएको निर्णय बदरको माग गर्दै मुख्यमन्त्रीको नियुक्तीलाई रोक्न र सपथ कार्यक्रम गर्न नदिन प्रदेश प्रमुखको कार्यालय परिषरमा धर्नामा थिए।

विपक्षी गठबन्धनका सांसदहरुको धर्ना नरोकिने देखिएपछि ठूलो संख्यामा प्रहरी परिचालन गरी प्रदेश प्रमुखलाई केहीबेरअघि कार्यालयबाट मुख्यमन्त्री कार्यालय लगिएको थियो। सो क्रममा सांसद र प्रहरीबीच झडप समेत भएको थियो। प्रहरीका डिआइजीले नै सांसद लौटी थारुलाई लछारपछार गर्दा उनी घाइते भएको प्रदेश सभासदहरुले बताएका छन्।

प्रकाशित: १९ वैशाख २०७८ १५:०४ आइतबार

प्रदेश प्रमुख लुम्बिनी प्रदेश मुख्यमन्त्री शंकर पोखरेलले सपथ ग्रहण