राजनीति

वैशाख २७ गते संसद अधिवेशन, प्रधानमन्त्री ओलीले विश्वासको मत लिने

सरकारले आगामी वैशाख २७ गते संसद अधिवेशन बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गरेको छ। मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले वैशाख २७ गते संसद अधिवेशन बोलाउन सिफारिस गरेकाे हाे। 

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा आफूले विश्वासको मत पनि लिने बताएका छन्। स्रोतका अनुसार वैशाख २७ गते संसद अधिवेशन बोलाउन आह्वन गर्ने र विश्वासको मत पनि लिने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको हो।

यस्तै, बैठकले भाेलिदेखि आन्तरिक उडान बन्द गर्ने पनि निर्णय गरेको छ। 

प्रकाशित: १९ वैशाख २०७८ १३:३३ आइतबार