राजनीति

पर्यटनमन्त्री भानुभक्त ढकाल दम्पतीलाई कोरोना पुष्टि

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाललाई कोरोना संक्रमण पुष्टि भएको छ। मन्त्री ढकालसँगै उनकी श्रीमती इन्दिरा फुयाललाई पनि संक्रमण पुष्टि भएको छ।

आज विहान स्वाब परीक्षण गर्दा दुवै जनाको रिपोर्ट पोजिटिभ आएको हो। मन्त्री ढकालले आफू दुवैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको सामाजिक सन्जालमार्फत् जानकारी दिएका छन्।

उनले लेखेका छन्, 'आज गरिएको परीक्षणबाट हामी श्रीमान श्रीमतिलाई कोभिड १९ संक्रमण भएको नतिजा प्राप्त भएको छ । हाल हाम्रो स्वास्थ्य अवस्था सामान्य रहेको छ र हामी निवासमा नै आराम गरिरहेका छौँ । यस बीचमा हामीसँग सम्पर्कमा आउनुभएका महानुभावहरुलाई आवश्यक सावधानी र सजगता अपनाउनुहुन अनुरोध गर्दछौँ । धन्यवाद ।'

प्रकाशित: १९ वैशाख २०७८ १२:११ आइतबार

पर्यटनमन्त्री भानुभक्त ढकाल कोरोना संक्रमण