राजनीति

शंखर पोखरेल मुख्यमन्त्रीमा पुनः नियुक्त

एमाले नेता शंकर पोखरेल लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन्। प्रदेश प्रमुख धर्मानाथ यादवले एमाले संसदीय दलका नेता पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।

संविधानको धारा १६८ को धारा १ बमोजिम पोखरेलाइ प्रदेश प्रमुख यादवले मुख्यमन्त्रीमा नियुक्त गरेको पत्र प्रदेश प्रमुखको कार्यालकाय प्रवक्ता चिरञ्जिवी पौडेलले केहीबेर अघि जारी गरेका छन्। शंकर पोखरेलले आजै बिहान प्रदेश प्रमुख समक्ष राजीनामा बुझाएका थिए।

प्रकाशित: १९ वैशाख २०७८ १०:०२ आइतबार

लुम्बिनी प्रदेश शंखर पोखरेल