राजनीति

काेभिड बिरामीहरूकाे उपचारका लागि आवश्यक पूर्वाधारकाे बन्दोबस्त गरः नेकपा एमाले

सत्तारूढ दल नेकपा एमालेले नयाँ भेरियन्टको कोरोना संक्रमितहरुको उपचारका लागि आवश्यक पूर्वाधार बन्दोबस्त गर्न सरकारको ध्यानाकर्षण गराएकाे छ। आज बसेकाे पार्टीको स्थायी कमिटीको बैठकले कोभिड बिमारीहरुको उपचारका लागि आवश्यक पूर्वाधार तयार गर्न सरकारको ध्यानाकर्षण गराएकाे हाे।

पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले ‘कोभिड बिमारीहरुको उपचारका लागि आवश्यक पूर्वाधार, शैय्याहरु, उपकरण, खोप, अक्सिजन तथा अत्यावश्यक औषधिको तत्काल थप प्रबन्ध गर्न र अन्य तयारी तीव्रताका साथ अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको’ जानकारी दिए।

बैठकपछि जारी प्रेस विज्ञप्तिमार्फत् समग्र पार्टी पंक्तिलाई कोभिडविरुद्धको कठिन लडाइँमा स्वयंसेवी रुपमा परिचालित हुन पनि अनुरोध गरेको छ।

प्रकाशित: १९ वैशाख २०७८ ०९:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App