राजनीति

पोखरेलकै नेतृत्वमा सरकार बनाउने एमाले संसदीय दलको निर्णय

लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेशमा मुख्यमन्त्रीबाट शंकर पोखरेलले राजीनामा दिएपछि बसेको एमाले लुम्बिनी प्रदेश संसदीय  दलको बैठकले पुनःपोखरेलकै नेतृत्वमा नयाँ सरकार बनाउने निर्णय गरेको छ।  प्रदेश सरकारको मुख्यमन्त्रीबाट पोखरेलले आज बिहान राजीनामा दिएपछि बसेको एमालेको संसदीय दलको बैठकले पोखरेलकै नेतृत्वमा नयाँ सरकार बनाउने निर्णय गरेको एमाले संसदीय  दलका प्रमुख सचेतक भुमिश्वर ढकालले बताए।

प्रदेश सभा भित्र बहुमत सदस्य संख्याका आधारमा एमालेको एकल बहुमतको सरकार गठन गर्ने र त्यसकालागि पुन दलको नेतामा शंकर पोखरेलाइ प्रस्ताव गरीएको ढकालले बताए। ‘सरकार गठनका निम्ती मुख्यमन्त्रीको रुपमा शंकर पोखरेललाइ प्रस्ताव गरी प्रदेश प्रमुख समक्ष माग दावी गर्ने निर्णय गरीयो’ढकालले भने । मुख्यमन्त्रीले दिएको राजीनामा पत्रमा संबिधानको धारा १६८ को १ बमोजिम नयाँ सरकार बनाउन मार्ग प्रशस्त गर्न राजीनामा दिएको उल्लेख छ।  

आजको बैठकमा पार्टीका ४१ मध्ये ४० सांसद उपस्थित भएर निर्णयमा हस्ताक्षर गरेको भन्दै ढकालले एमालेको एकल बहुमत सरकार गठनमा कुनै बाधा अड्चन नआउने दावी पनि गरे। हामी ४१ सांसद एक ठाँउमा छौं र आजको निर्णय सबैको सहमतीको निर्णय हो’ ढकालले भने। एकजना सांसद भने कोभिडका कारण आइसोलेसनमा रहेकाले उपस्थित हुन नसेकको उनले बताए। प्रदेश सभामा एमालेका ४१ सांसद छन्। ती मध्ये २ जना माधव पक्षमा खुलेका थिए । तर आजको बैठकमा ती सांसद पनि सहभागी भएर निर्णयमा हस्ताक्षर गरेका छन्।

८७ सदस्य मध्ये माओवादीका २ र जसपाका ४ सदस्य कारबाहीमा परेपछि लुम्बिनी प्रदेश सभा अहिले ८१ सदस्यीय भएको छ। बहुमतका लागि ४१ सदस्य चाहिन्छ। जुन एमाले एक्लैको छ। प्रदेश सभामा एमालेका ४१ सांसद हुन्। ती मध्ये दुइ जना माधव नेपाल पक्षमा खुलेका सांसद छन्।

नेपाली काँग्रेसका १९,माओवादीका सभामुख सहित १८ (एमालेमा प्रवेश गरेका २ जनाको कारबाही पछि) छन् । जसपाका  २  जना छन (४ जनाको कारबाही पछि) । जनमोर्चाका १ जना हुन्। आजलाइ बोलाइएको प्रदेश सभाको विशेष अधिवेशनमा मुख्यमन्त्री पोखरेल विरुद्ध नेपाली काँग्रेस,नेकपा मओवादी केन्द्र जसपाले पेश गरेको अविश्वासको प्रस्ताव माथि  छलफल हुँदै थियो। भोली त्यसमा मतदान हुने र अविश्वासको प्रस्तावमाा बहुमत जुट्ने दावी विपक्षीको थियो। त्यसबाट बच्न मुख्यमन्त्रीले आजै राजीनामा बुझाएर एमालेको बहुमतको सरकार गठनका लागि रणनीतिक योजनामा लागेको बताइएको छ।

प्रकाशित: १९ वैशाख २०७८ ०६:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App