राजनीति

संक्रमितको उपचार निःशुल्क गर्न राप्रपाको माग

राष्ट्रिय प्रजातन्त्र पार्टीले कोरोना संक्रमतिको निःशुल्क गर्न माग गरेको छ। पार्टीका ती अध्यक्ष क्रमशः पशुपति शम्सेर राणा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाले संयुक्त रुपमा विज्ञप्ति जारी गरी सो माग गरेका हुन्।

पार्टीले संक्रमितको तत्काल सहज उपचार हुने व्यवस्था मिलाउन र प्रभावकारी कुटनीतिक प्रयासबाट कोरोनाविरुद्धको खोप उपलब्ध गराउन पनि माग गरेको छ।

पार्टीले राष्ट्रिय संकटसँग लड्नका लागि राष्ट्रको सबै राजनीतिक, आर्थिक, बाैंद्धिक र प्राविधिक शक्तिहरुलाई एकीकृत गरी प्रभावकारी रुपले तत्काल परिचालन गर्न समेत अनुरोध गरेको छ।

प्रकाशित: १८ वैशाख २०७८ १४:२६ शनिबार

राष्ट्रिय प्रजातन्त्र पार्टी पशुपति शम्सेर राणा