राजनीति

‘खीमविक्रम काण्ड’ का दोषी पत्ता लगाउन काँग्रेस, माओवादी र जसपाको माग

गण्डकी प्रदेश सभामा प्रतिनिधित्व नेपाली काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले सांसद खीमविक्रम शाही काण्डका दोषी पत्ता लगाउन माग गरेको छ।

गण्डकी प्रदेश सभामा मुख्यमन्त्रीमाथि अविश्वासको प्रस्ताव पेस हुने भएपछि भएको घटनाका सान्दर्भमा तीन दलले संयुक्त रुपमा प्रेस विज्ञप्ति निकालेर उक्त माग गरेको हो।

नेपाली काँग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली, मोआवादी केन्द्रका नेता हरिबहादुर चुमान र जनता समाजवादी पार्टीका नेता हरिशरण आचार्यले सांसद शाहीको पिसिआर रिपोर्टहरुको छानबिन गरी प्रयोगशालाहरुको विश्वसनीयताको जाँच गर्न, चरक अस्पतालको सिसिटिभी हार्डवयरको जाँच गरी सम्पूर्ण फुटेजहरु सार्वजनिक गर्न र प्रदेश सभा सदस्यहरुलाई धम्की र प्रलोभन दिने व्यक्ति र समूहलाई कानुनको कठघरामा ल्याई सभामुख र प्रदेश सभामा अविश्वास प्रस्तावका पक्षधर सांसदहरुको सुरक्षाको सुनिश्चितता गर्न माग गरेका छन्।

प्रकाशित: १६ वैशाख २०७८ १३:५९ बिहीबार

गण्डकी प्रदेश सभा खीमविक्रम शाही