राजनीति

कर्णाली प्रदेश सरकारद्वारा कोरोना नियन्त्रणका लागि एक अर्ब ३४ करोड विनियोजन

बढ्दो कोरोना संक्रमण नियन्त्रणका लागि कर्णाली प्रदेश सरकारले एक अर्ब ३४ करोड रुपैयाँ विनियोजन गरेको छ। प्रदेश सरकारले दोस्रो चरणको कोभिड नियन्त्रण तथा स्वास्थ्य पूर्वाधार सुदृढिकरणका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेतलाई २२ करोड, रुकुमको चौरजहारी सामुदायिक अस्पताल, जिल्ला अस्पताल र रणनीतिक अस्पतालहरुलाई १२ करोड रुपैयाँ निकासा दिइएको सामाजिक विकास मन्त्री विमला केसीले जानकारी दिइन्।

यस्तै कोभिड रोकथाम, नियन्त्रण, उपचार तथा प्रतिकार्यका लागि थप एक करोड रुपैयाँ प्रदेश सरकारले बजेटको व्यवस्था गरेको छ। उक्त रकम मध्ये ५० लाख रुपैयाँ विकास खर्चबाट रकमान्तर गरेर कोभिड कोषमा राखिएको मन्त्री केसीले जानकारी दिइन्। प्रदेश सरकारले सुर्खेत भित्रिने चारवटै नाकाहरुमा थप स्वास्थ्यकर्मीसहित एन्टिजेन परीक्षण र स्क्रिनिङको व्यवस्था मिलाइएको जनाएको छ।

प्रकाशित: १६ वैशाख २०७८ १०:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App