राजनीति

जनमोर्चाका सांसद सम्पर्कविहीन भएपछि गण्डकीको अविश्वास प्रस्ताव संकटमा

राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशका सांसद खिमविक्रम शाही सम्पर्कविहीन भएपछि गण्डकी प्रदेश आएको अविश्वास प्रस्ताव संकटमा परेको छ । अविश्वास प्रस्ताव निर्णयार्थ पेश गर्ने दिन बुधबार विहानदेखि शाही सम्पर्कविहीन छन् । उनी सम्पर्कविहीन भएसँगै अविश्वास प्रस्तावको पक्षमा बहुमत नपुग्ने संकेत देखिएको छ ।

जनमोर्चाका ३ सांसदको पनि समर्थन हुने देखेपछि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)ले मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङबिरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका थिए । तर प्रस्तावलाई निर्णयार्थ पेश हुने दिन एक्कासी जनमोर्चाका सांसद शाही सम्पर्कविहीन भएपछि अविश्वास प्रस्ताव फेल हुने सम्भावना बढेको छ ।

 अविश्वास प्रस्ताव पारित हुन ३१ सांसद आवश्यक पर्छ । तर शाही हराएसँगै अविश्वासको प्रस्तावको पक्षमा ३० सांसदमात्र पुग्ने देखिएको छ । कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका ११ र जसपाका २ तथा जनमोर्चाका २ सांसद (शाही सम्पर्कविहीन भएपछि)प्रस्तावको पक्षमा छन् । सम्पर्कविहीन् भएका शाहीको खोजी प्रदेश सभामा भइरहेको छ ।

यसैबीच, शाहीलाई सत्ता पक्षले अपहरण गरेको आशंका अविश्वास पक्षधरहरुले आरोप लगाएका छन् । सोहि आशंका गर्दै उनीहरुले सदन स्थगीत गरेर शाहीको खोजि गर्न माग गर्दै प्रदेश सभा सचिवालयमा निवेदन दिएका छन् । ‘शाहीको अपहरण भएको हुनसक्छ, अविश्वास पक्षधर एक सांसदले भने,’ श्रोतले भन्यो ‘उनको खोजि नगरी कसरी सदन चलाउन सकिन्छ, पहिले उनको खोजी हुनु प¥यो ।’

प्रकाशित: १५ वैशाख २०७८ ११:१९ बुधबार

गण्डकीको अविश्वास प्रस्ताव