सरकारले मधेश आन्दोलनको क्रममा लागेका १ सय २० जनाको मुद्दा फिर्ता लिएको छ।
सूचना तथा सञ्चार मन्त्री पार्वत गुरुङले सरकारवादी भएका विभिन्न १५ मुद्दाका १२० जनाको मुद्दा फिर्ता लिइएको जानकारी दिएका हुन्।
मुद्दा फिर्ता लिने सरकारको राजनीतिक निर्णय नभएको दावी गर्दे उनले कानुनीरुपमा मुद्दा फिर्ता लिन निर्देशिकाका आधारमा फिर्ता लिइएको बताए।
यसअघि सरकार र जसपाबीच विभिन्न चरणमा भएका वार्ताहरुमा मधेश आन्दोलनका बेला चलाइएका मुद्दा फिर्ता लिने सहमति भएको थियो।
प्रकाशित: १५ वैशाख २०७८ १०:०३ बुधबार