राजनीति

नेकपा एमाले पूर्व सचिवसहित २ दर्जन युवा कांग्रेस प्रवेश

भक्तपुरको चाँगुनारायण नगरपालिका ८ सुडालका करिब दुई दर्जन अगुवा युवाहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। नेपाली कांग्रेसको लोकतन्त्रतिर आकर्षित भई विभिन्न पार्टी परित्याग गरी काँग्रेस प्रवेश गरेको पार्टी कार्यालयले जनाएको छ।  

कांग्रेस पार्टी कार्यालय भक्तपुरमा मंगलबार आयोजित पार्टी प्रवेश कार्यक्रममा सुडालका नेकपा एमालेका पूर्व सचिव समेत भइसकेका स्थानीय अगुवा युवा भरतप्रसाद दुलालको नेतृत्वमा सुडाल रातोपाटीका युवाहरु नेपाली कांग्रेस प्रवेश गरेका हुन्।

कांग्रेस प्रवेश गर्ने युवाहरुमा सुवास श्रेष्ठ, सुरज श्रेष्ठ, बद्रीश्रेष्ठ, दिपेन्द्र खड्का, चित्रबहादुर श्रेष्ठ, फुर्वा लामा, दोर्जे लामा, प्रेम विक, निर्मल रञ्जितकार, मुकेश भण्डारी, सुरेन्द्र रञ्जितकार, उमेश धुलिखेले, सुरेन्द्र श्रेष्ठ, सञ्जु मगजु, अनिल मगजु, अनिल रञ्जितकार, जेसन तामाङ, निर्मल खड्का र सुभद्रा श्रेष्ठलगायत रहेको नेपाली कांग्रेस सुडालका नेता जनक खत्रीले बताए।

उनीहरुलाई बागमति प्रदेशसभा सदस्य एवम् नेपाली कांग्रेस बागमति प्रदेश संसदिय दलका उपनेता कृष्णलाल भँडेल, नेपाली कांग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापा, १ नं. क्षेत्रीय सभापति जीवन खत्री, जिल्ला सचिव निशान ढुंगेल, वडा सभापति राधेश्याम कार्की, नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभागका सदस्य उमेश कुमार खड्का लगायतका नेताहरुले टिका, खादा लगाई स्वागत गरेका थिए।

प्रकाशित: १४ वैशाख २०७८ १३:५१ मंगलबार

नेकपा एमाले पूर्व सचिव