राजनीति

अस्पताललाई सर्वसाधारणमैत्री बनाउन उपप्रधानमन्त्री पोखरेलकाे निर्देशन

उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकारी अस्पतालहरुलाई सर्वसाधारणमैत्री बनाउन निर्देशन दिएका छन्। काठमाडौं क्षेत्र नम्बर ५ मा रहेका चार वटा ठूला सरकारी अस्पतालका प्रमुखहरुसँगको बैठकमा उपप्रधानमन्त्री पोखरेलले सरकारी अस्पतालहरुलाई सर्वसाधारण जनतामैत्री बनाउन निर्देशन दिएका हुन्।

असहाय र गरिब जनताको भरोसा नै सरकारी अस्पताल भएकाले विशेष ध्यान दिन आग्रह गर्दै उपप्रधानमन्त्री पोखरेलले सरकारी अस्पतालको सेवामा सुधार हुँदा बिरामीहरुले निकै ठूलो राहत पाउने बताए।

उपप्रधानमन्त्री पोखरेल बाँसबारीस्थित गंगालाल अस्पताल पुगी आफ्नो निर्वाचन क्षेत्र काठमाडौं ५ अन्तरगत पर्ने टिचिङ अस्पताल, कान्ति बाल अस्पताल, गंगालाल हृदयरोग केन्द्र र नेपाल प्रहरी अस्पतालले प्रदान गर्दै आएका सेवा, सुविधा र समस्या समाधानका विषयमा छलफल गरेका थिए।

निर्वाचनका बेला जनतासँग गरेको प्रतिवद्वताअनुसार सरकारी अस्पतालको सेवा सहज, सरल र र गुणस्तरीय बनाउन आफू प्रतिवद्ध रहेको उनले बताए।

सरकारी अस्पतालको स्तरोन्नतिका लागि सरकारको आगामी नीति तथा कार्यक्रममा समेट्ने योजनाहरुका लागि उनले जनतालाई आग्रह समेत गरे।

प्रकाशित: १४ वैशाख २०७८ १३:२७ मंगलबार

अस्पताललाई सर्वसाधारणमैत्री उपप्रधानमन्त्री ईश्वर पोखरेल