राजनीति

शेरधन राईलाई गाली गरेको आरोपमा बालिका खड्का पक्राउ

प्रहरीले बालिका खड्कालाई नेकपा एमालेको कार्यालय थापाथलीबाट पक्राउ गरेको छ।

प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईपनि सहभागी भएको ठाउँमा गएर उनले गाली गलौज गरेकी थिईन्। प्रधानमन्त्री केपी शर्मा ओलीसहितका नेता पार्टी कार्यालयमा गएको बेला उनले मुख छाडेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ।  

उनलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ।उनले शेरधन राईले आफूलाई बिचल्ली बनाएको आरोप लगाउँदै आएकी छिन्।

प्रकाशित: ९ वैशाख २०७८ ०९:४६ बिहीबार

बालिका खड्का पक्राउ