राजनीति

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

फाइल तस्बिर

माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दै छ।  बैठक पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बस्न लागेको हो ।  

बैठकमा पार्टीको विधान संशोधनलगायतका विषयमा छलफल हुने बताइएको छ ।

मंगलबार बसेको स्थायी कमिटी बैठकले नयाँ सरकार गठनबारे छलफल गरेको थियो ।  

आजको बैठकले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने सक्ने अनुमान गरिएको छ।

प्रकाशित: ८ वैशाख २०७८ ०५:१८ बुधबार