राजनीति

बालुवाटारमा बस्दै सर्वदलीय बैठक

फाइल तस्बिर

प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठक बालुवाटारमा बस्दै छ। कोरोना भाइरस संक्रमणका बारेमा एक मत बनाउनका लागि प्रधानमन्त्री ओलीले बैठक बोलाएका हुन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहले बैठकमा उपस्थिती जनाएका छैनन्।

बैठकमा भाग लिन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायत शीर्ष नेताहरु बालुवाटार पुगिसकेको नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए।

प्रकाशित: ४ वैशाख २०७८ ०६:२० शनिबार

सर्वदलीय बैठक प्रधानमन्त्री केपी शर्मा ओली