राजनीति

‘प्रतिपक्षी मित्र, आफ्नै शत्रु’

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझीले प्रतिपक्षी दलले शान्तिपूर्ण रुपमा गतिविधि गरे पनि आफ्नै पार्टीका नेताले शत्रुतापूर्ण र अराजक व्यवहार गरेको बताएका छन्। स्थायी र दुईतिहाइको सरकार ढालेर आफ्नै खुट्टामा बन्चरो प्रहार गरेको भन्दै उनले प्रतिगामी सोच बोकेका नेताहरूलाई आफूले साथ नदिने बताए।  

प्रतिपक्षी दलका नेताहरूले रचनात्मक समर्थन र विरोध गरेको तर आफ्नै नेताहरूले असहयोग गरेका कारण प्रधानमन्त्री केपी ओली चुनावमा जाने निर्णय लिन बाध्य भएको मन्त्री रायमाझीले बताए। ‘प्रतिपक्षलाई कुनै दोष छैन, उहाँहरूले कामका आधारमा समर्थन र विरोध गरिरहनुभएको थियो’, उनले भने, ‘आफ्नै दलका नेताको रुवाबासीले पार्टीको यो हालत भयो, त्यसैले प्रधानमन्त्रीले चुनाव घोंषणा गर्नुभएको थियो।’

मालारानी गाउँपालिकाको नवनिर्मित सभाहल उद्घाटन गर्दै मन्त्री रायमाझीले चुनाव नै उत्तम विकल्प भएको बताए । संसद्समेत चलायमान हुन नसकेको अवस्थामा चुनाव नै अबको निकास रहेको उनको दाबी थियो। 

प्रकाशित: १ वैशाख २०७८ ०१:२९ बुधबार

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझी