राजनीति

पुनर्नियुक्ति भएका मन्त्रीहरुले लिए सपथ

बिहीबार सांसद पद खोसिएका चारजना सांसदहरुको आज पुनर्नियुक्ति भएको छ। नेकपा (माओवादी केन्द्र) परित्याग गरेर नेकपा एमाले प्रवेश गरेका चारैजना मन्त्रीहरुले पदमा पुनर्नियुक्ति भएको हो। मन्त्रीमा पुनर्नियुक्ति भएका चारै जनाको राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा ७८ को उपधारा (१) बमोजिम प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा पदमा सपथ गराएकी हुन्।  

पुनर्नियुक्ति गराइएका मन्त्रीहरुमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीमा टोपबहादुर रायमाझी, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा लेखराज भट्ट, सहरी विकास मन्त्रीमा प्रभु साह र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा गौरीशंकर चौधरी छन्।

प्रकाशित: २७ चैत्र २०७७ १२:३१ शुक्रबार

राष्ट्रपति विद्यादेवी भण्डारी पुनर्नियुक्ति