राजनीति

सांसद पद खोसिएका चारजना मन्त्रीको पुनर्नियुक्ति

बिहीबार सांसद पद खोसिएका चारजना सांसदहरुको आज पुनः नियुक्ति भएकाे छ। नेकपा (माओवादी केन्द्र) परित्याग गरेर नेकपा एमाले प्रवेश गरेका चारैजना मन्त्रीहरुले पदमा पुनर्नियुक्ति भएकाे हाे। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमा पुनः नियुक्त गरेका ती चारै जनाको जिम्मेवारी पनि तोकिएको छ।  

पुनर्नियुक्ति गराइएका मन्त्रीहरुमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीमा टोपबहादुर रायमाझी, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा लेखराज भट्ट, सहरी विकास मन्त्रीमा प्रभु साह र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा गौरीशंकर चौधरी छन्।

यसअघि प्रतिनिधिसभाको बिहीबारको बैठकमा नेकपा माओवादी केन्द्रले कारबाही गरेका चार सांसद पदमुक्त भएको सभामुख अग्निप्रसाद सापाकोटाले जानकारी गराएसँगै उनीहरूको पद गुमेको थियो।

प्रकाशित: २७ चैत्र २०७७ १०:३३ शुक्रबार

सांसद पद मन्त्रीको पुनर्नियुक्ति