राजनीति

प्रदेशको नामाकरण हुन नसक्दा 'लाजगाल' भयो : सांसद राई

जनजाति महासंघको अधिवेशनमा बोल्दै प्रदेश सांसद राजन राई । तस्बिर : नागरिक

प्रदेश सांसद राजन राईले लामो समयसम्म प्रदेशको नामाकरण हुन नसक्दा ‘लाजगाल’ भएको बताएका छन्। नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद खोटाङको तेश्रो जिल्ला सम्मेलनलाई प्रमुख अतिथिकारुपमा सम्बोधन गर्दै प्रदेश सांसद राईले अहिलेसम्म प्रदेशको नामाकरणको विषय नटुंगिदा आफ्नै क्षमतामाथि प्रश्न उठिरहेको बताएका छन्।  

निर्वाचित जनप्रतिनिधिकारुपमा नागरिकले प्रदेशको नामाकरणको विषयमा सोध्ने गरेको प्रदेश सांसद राईले बताए। ‘लाजगाल भइसक्यो, हामीलाई धेरै मान्छेले प्रश्न सोधी रहेका छन्। जनप्रतिनिधिको हिसावले उहाँलेहरुले प्रश्न राख्नु सान्दर्भिक पनि हो,’ सांसद राईले भने, ‘प्रदेशको नामाकरणको विषयलाई मैले अत्यन्तै गम्भीरताका उठाइरहेको छु। संसदको बैठकमा आवाज उठाएको छु। मुख्यमन्त्रीलाई भनेको छु। सांसद भएको हिसावले सहयोग गर्छु भनेको छु।’

प्रकाशित: २४ चैत्र २०७७ ०९:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App