स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदेयश त्रिपाटीले कोरोना भाइरस नियन्त्रण लागि सरकारले फेरि लकडाउन नगर्ने बताएका छन्। उनले मंगलबार काठमाडौं आयोजति नेपाल हेल्थ कनक्लेभ २०२१ मा बोल्दै सरकारले लकडाउन अघि नै कोरोना नियन्त्रणका तयारी गरेको बताउँदैन पुनः लकडाउन गर्ने मनोस्थितिमा नरहेको बताएका हुन्।
लकडाउन गर्नु भन्दा भन्दा अगाडी सबै किसिमका प्रभावकारी कदमहरु चाल्न सरकार तयार रहेको उनले बताए।
‘फेरिमा लकडाउनको अवस्थामा पुगोस् भन्ने चाहेका छैनौं। लकडाउन भन्दा अगाडि प्रभावकारी र महत्वपूर्ण कदमहरु सरकारले चालिरहेको छ। कोरोना नियन्त्रणका लागि पूर्व तयारी सरकारले जुटेको छ’, उनले भने।
उनले लकडाउनले संक्रमणलाई नियन्त्रण गरेतापनि सामाजिक जीवन र देशको अर्थतन्त्रलाई दिर्घकालिन रुपमा प्रभाव पार्ने बताए।
त्यस्तै उनले अहिले नै आतंकित नहुन पनि सुझाव दिएका छन्। ‘आतंकित हुनु पर्ने अवस्था छैन। आंकित हुनु भनेको संक्रमण थप्नु मात्रै हो। नियन्त्रण गर्नको लागि सर्तकता अपनाउनु पर्छ। सावधानीहरु अपाउनु पर्छ। स्वास्थ्य मापदण्डका नियमहरु लागू गर्नु पर्छ,’, उनले भने ।
प्रकाशित: २४ चैत्र २०७७ ०९:२६ मंगलबार