राजनीति

लकडाउन हुँदैनः स्वास्थ्य मन्त्री

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले सरकार लकडाउन गर्ने मनस्थितिमा नरहेको बताएका छन्। काठमाडौंमा मंगलबार आयोजित ‘नेपाल हेल्थ कनक्लेभ २०२१’मा सम्बोधनका क्रममा मन्त्री त्रिपाठीले कोभिड–१९ रोकथामका लागि लकडाउनमा नजाने बताएका हुन्।

सुरक्षाका लागि प्रभावकारी कदम चाल्न सरकार तयार रहेको बताउँदै मन्त्री त्रिपाठीले सामाजिक जनजीवन र अर्थतन्त्रमा दीर्घकालिन असर पार्ने भएकाले सरकार लकडाउनमा जाने मनस्थितिमा नरहेको बताए।  

पछिल्लो समय कोभिडको नयाँ लहर आएकाले सीमा नाकामा एन्टीजेन परीक्षण सुरु गरेको बताउँदै उनले नाकामा आइसोलेसन र क्वारेन्टिन निर्माण गर्ने काम भइरहेको बताए।  

सर्वसाधरणलाई सतर्क हुन आग्रह गर्दे उनले आतंकित हुन जरुरी नरहेको बताउँदै उनले भने, ‘सावधानी हुनुपर्छ, सतर्क हुनुपर्छ, आतंकित हुनुपर्ने अवस्था छैन।’

प्रकाशित: २४ चैत्र २०७७ ०८:१७ मंगलबार

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठी लकडाउन