राजनीति

पुनर्स्थापित संसद्लाई तानातानको थलो बनाइयोः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्लाई तानातानको थलो बनाएको बताएका छन्। मेलम्ची खानेपानी आयोजनाको शुक्रबार भृकुटीमण्डपमा आयोजित औपचारिक उद्घाटन कार्यक्रममा ओलीले पुनर्स्थापित संसद् देश र जनताको समस्यामा भन्दा पनि राजनीतिक दलहरुको तानातानको थालो बन्न गएको तर्फ संकेत गरे।  

‘संसद्ले देश र जनताको बारेमा सोच्नु पर्छ,’ उनले भने, ‘संसद् अन्यौल र अस्थिरतमा रुमलीरहनु हुँदैन।’  

सत्तामा पुग्न नपाए प्रतिगतम भयो भन्ने प्रवृतिले मुलुकमा अन्यौलमा लादै गरेको भन्दै उनले प्रतिगमन ख्याल ठट्टा नभएको बताए। ‘शासनमा पुग्न नपाए प्रतिगमन भन्ने चलन छ,’ उनले भने, ‘जनताको जागेको चेतनालाई कसैले पनि रोक्न सक्दैन।’

गोपालप्रसाद रिमालको ‘ढुंगाको कापो फोरेर पनि उम्रन्छ पिपल... भन्ने कविता सुनाउँदै प्रधानमन्त्री ओलीले मुलुक प्रतिकुल अवस्थामा पनि अगाडी बढ्ने बताए।

प्रकाशित: २० चैत्र २०७७ १०:१४ शुक्रबार

प्रधानमन्त्री केपी शर्मा ओली