राजनीति

माधव नेपाल पक्ष छुट्टै कार्यालय भवनको खोजीमा

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले छुट्टै कार्यालय खोल्ने भएका छन्। नेपाल समूहले छुट्टै कार्यालय खोल्नका लागि भवनको खोजीमा जुटेको बताए। युवा संघ नेपालको कार्यालय उद्घाटन कार्यक्रममा नेता नेपालले आफूहरु कार्यालयका निम्ति भवनको खोजीमा रहेको बताएका छन्।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट ६ महिनाका लागि निलम्बन गरेपछि नेता नेपाल पक्षले समानान्तर पार्टी संरचना बनाउने निर्णय गरेको छ।

प्रकाशित: १८ चैत्र २०७७ ०९:५४ बुधबार

नेता माधवकुमार नेपाल