राजनीति

आज १ बजे प्रतिनिधिसभा बैठक बस्दै

संघीय संसद भवन बानेश्वरमा आज दिउँसो १ बजे प्रतिनिधिसभा बैठक बोलाइएको छ। 

आजको बैठकमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको र कांग्रेसबाट तत्कालीन संविधान सभामा सांसद रहेकी लक्ष्मीदेवी भण्डारीको निधन भएको शोक प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ।

यस्तै बैठकमा विभिन्न वार्षिक प्रतिवेदनहरू पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।

प्रकाशित: १८ चैत्र २०७७ ०६:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App