राजनीति

प्रदेश १ सरकारका नवनियुक्त मन्त्रीहरुले लिए शपथ

प्रदेश १ सरकारको मन्त्रिपरिषद् विस्तार गरिएको छ। मुख्यमन्त्री शेरधन राइले मन्त्रिपरिषद् विस्तार गरेका हन्।  

मन्त्रिपरिषद् विस्तारसँगै प्रदेश १ सरकारका नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीहरुले शपथ खाएका छन्। आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी टंक आङबोहाङलाई  दिइएको छ भने सामाजिक विकास मन्‍त्री उषाकला राई भएकी छिन्।  

भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगर, भौतिक पूर्वाधार मन्त्री अम्बिरबाबु गुरुङले सपथ खाएका हुन्। यस्तै, कृषि राज्यमन्त्री कला घले र वन तथा वातावरण राज्यमन्त्री राजकुमार ओझाले पनि आजै सपथ लिएका छन्। राज्यमन्त्रीलाई मुख्यमन्त्री शेरधन राई र मन्त्रीलाई प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासिले शपथ गराएका हुन्।

प्रकाशित: १३ चैत्र २०७७ ०८:३७ शुक्रबार

शपथ प्रदेश १ सरकार नवनियुक्त मन्त्री