राजनीति

शान्ति प्रक्रिया, संविधान र नेकपा एकतालाई मन नपराएकाले ओलीलाई दलाल बनाए : प्रचण्ड

फाइल तस्बिरः नागरिक

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई आदेशपालक बनाउन खोजिएको दाबी गरेका छन्। बुधबार धुलिखेलमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले नेपालीहरूलाई निरीह बनाउने खतरा रहेको बताए।

‘आकाशमा अझै पनि खतराको कालो बादल मडारीराखेकै छ। नेपाली जनताले आफ्नो चनाखोपनलाई, राजनीतिक चेतनालाई दह्रो बनाउँदै एकताबद्ध भएन भने खतरा हुन पनि सक्छ, उनले भने, ‘नेपालीहरूलाई निरीह हौ तिमीहरु भनेर बनाउने चाहनाहरु पूरा पनि हुन सक्छन्।’

नेपालीहरूले अब आफ्नो निर्णय आफैँ गर्न सक्छन् भन्ने देखाउनुपर्ने बेला आएको उनको भनाई छ।

शान्ति प्रक्रिया, संविधान निर्माणदेखि एमाले र माओवादी केन्द्रबीचको एकतालाई मन नपराएकाहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘दलालका रुपमा मोहरा बनाउन सफल भएको’ दाबी गरे।

प्रकाशित: ११ चैत्र २०७७ ०८:३७ बुधबार

ओली र प्रचण्ड