राजनीति

महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले महान्यायाधिवक्तामा अधिवक्ता रमेश बडालाई नियुक्त गरेकी छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले शुक्रबार साँझ बडाललाई महान्यायाधिवक्तामा नियुक्त गरेकी हुन्।

उनलाई संविधानको धारा १५७ को उपधारा २ बमोजिम नियुक्त गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता रूपनारायण भट्टराईले जानकारी दिएका छन्।

शुक्रबार अग्निप्रसाद खरेलले राजीनामा दिएपछि सरकारले नयाँ महान्यायाधिवक्तामा अधिवक्ता बडालको नाम सिफारिस गरेको थियो।

बडालले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई संवैधानिक र लोकतान्त्रिक भनेका थिए।  

प्रकाशित: ६ चैत्र २०७७ १२:५४ शुक्रबार

रमेश बडाल