राजनीति

एमाले संसदीय दलको बैठक भोलि, विशाल भट्टराई भन्छन्ः विशेष केही छैन

फाइल तस्बिर।

नेकपा एमालेले बिहीबार संसदीय दलको बैठक बोलाएको छ। संसदीय दलको नेता समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार बिहान ११ बजेका लागि संसदीय दलको बैठक बोलाएका हुन्।  

ओली निकट नेता विशाल भट्टराईकाअनुसार बालुवाटारमा बस्ने बैठकमा एमालेबाट निर्वाचित सबै सांसद्हरुलाई बोलाइएको छ। ‘नियमित बैठक हो। बैठकमा त्यस्तो विशेष एजेण्डा केही प्रस्तुत हुनेछैन,’ उनले नागरिकसँग भने, ‘नेकपाको सूर्य चिन्ह लिएर जितेका सबै सांसदलाई बोलाएका छौं।’  

तर, माधव नेपाल समूहले राष्ट्रिय कार्यकर्ता भेला गरिरहेका बेला बोलाइएको संसदीय दलको बैठकले महत्वपूर्ण निर्णय गर्ने सम्भावना छ। एमालेको विवाद उत्कर्षमा पुगेका बेला ओली संसदीय दलको बैठक बोलाएका हुन्। 

नेपाल समूह मंगलबार ओली समूहले बालुवाटारमा आयोजना गरेको चियापान कार्यक्रममा सहभागी भएन। यस्तै, नेपाल समूहले चैत ७ गतेका लागि ओली समूहले बोलाएको केन्द्रीय कमिटी बैठकमा पनि नजाने बताइसकेको छ।

प्रकाशित: ४ चैत्र २०७७ ११:३० बुधबार

विशाल भट्टराई एमाले संसदीय दल