राजनीति

कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने एमालेको निर्णय

बुधबार बसेकाे एमाले संसदीय दलको बैठक।

नेकपा एमालेले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। बुधबार बसेको एमालेको संसदीय दलको बैठकले माओवादीबाट मुख्यमन्त्री भएका महेन्द्रबहादुर शाही नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णय गरेको हो।

बैठकले एमालेबाट सरकारमा सहभागी तीनै जना मन्त्रीलाई फिर्ता बोलाउने निर्णय समेत गरेको छ। बैठकमा १९ जना सांसद्मध्ये १० जना मात्र सहभागी थिए। अनुपस्थित ९ जना सांसद्लाई स्पष्टीकरण सोध्ने निर्णय पनि बैठकले गरेको छ। अनुपस्थित सांसद्हरु माधव नेपाल पक्षका रहेको स्रोतले जनाएको छ।

प्रकाशित: ४ चैत्र २०७७ ०८:५१ बुधबार

कर्णाली प्रदेश एमालेको निर्णय