राजनीति

म्यानमारकाे सैनिक शासनविरुद्ध काठमाडौंमा मानवअधिकारकर्मीकाे प्रदर्शन

म्यानमारमा सैनिक सत्ताद्वारा भैरहेको हत्या र दमनविरुद्ध मानव अधिकारकर्मीले काठमाडौंस्थित म्यानमार दूतावास अगाडि प्रदर्शन गरेका छन्। कृष्ण पहाडीसहितका मानवअधिकारकर्मीहरूले म्यानमारमा सैनिक सत्ताले गरेको राजनीतिक बन्दीको बिनासर्त रिहाइ र लोकतन्त्र बहालीको माग गर्दै दूतावसअगाडि प्रदर्शन गरेका हुन्।

ललितपुर भैंसेपाटीस्थित म्यानमार दूतावास अगाडि दिउँसो भएको प्रदर्शनमा ‘म्यानमारः सैनिक शासन चाहिदैँन, मान्छे मार्न पाइदैंन, हत्या, दमन बन्द गर, लोकतन्त्र बहाली गर, राजनीतिक बन्दी रिहा गर, मानव अधिकारको सम्मान गर’ लेखिएका ब्यानर तथा प्लेकार्ड प्रदर्शन गरिएको थियो।

प्रदर्शनमा पहाडी, समाजका सल्लाहकार एवं निवर्तमान सभापति उत्तम पुडासैनी, पूर्व सभापति होमकान्त चौलागाईंलगयताको सहभागिता थियो।

प्रकाशित: २ चैत्र २०७७ १०:०० सोमबार

सैनिक शासनविरुद्ध प्रदर्शन