राजनीति

एमाले सिध्याउन आएका प्रचण्ड आफै थोते भएर गए : महेश बस्नेत

नेकपा एमालेका नेता महेश बस्नेतले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले पार्टीलाईं सिध्याउन लागेपनि आफै थोते भएको टिप्पणी गरेका छन्। उनले एमालेलाई सिध्याउन खोज्दा प्रचण्डको दात नै थोते भएको टिप्पणी गरे।

‘अर्काको पार्टी सिध्याउन लाग्दा आफ्नै पार्टी माओवादी केन्द्र सानो भएको छ,’ नेता बस्नेतले शनिबार इटहरीमा युवा संघको सपथ ग्रहण कार्यक्रममा भने । उनले नेपाली जनताले दिएको मतलाई कदर गरेर देशलाई समृद्द बनाउनुको सट्ट प्रचण्ड, माधवकुमार नेपालजस्ता नेताका कारण राजनीतिमा गढबड भएको जिकिर गरे।  

‘प्रचण्ड आफै थोते भएर गईसके, अब नेकपा एमालेमा रहेका केही खराब मनस्थिति भएका नेता आफै पाखा लाग्नेछन्,’ बस्नेतले भने, ‘नेपालको कम्युनिस्ट आन्दोलनलाई प्रचण्ड पथ हैन केपी ओलीको नेतृत्वमा रहेको नेकपा एमालेमा आएका माओबादीका नेता रामबहादुर थापा बादल, टोबबहादुर रायमाझी, मणी थापाको लगायतको आगमनले नेकपा एमालेको पुनः उदय सुरु हुनेछ ।’  

उनले युवा संघका कार्यकर्तालार्इं सिर्जनशिल हुन र काम गर्ने जोस जाँगर हुन निर्देशन दिए।  

प्रकाशित: २९ फाल्गुन २०७७ १३:४४ शनिबार