राजनीति

ओली पक्षकाे बैठकः अध्यक्ष र महासचिव बाहेकका पदाधिकारी खारेज, महाधिवेशन आगामी मंसिरमा

फाइल तस्बिर।

प्रधानमन्त्री समेत रहेको एमालेका अध्यक्ष केपी शर्मा ओलीपक्षीय केन्द्रीय कमिटीको बैठकले पार्टीको दसौं महाधिवेशनको मिति तोकेको छ। शुक्रबार बालुवाटारमा बसेको बैठकले पार्टीको दसौं महाधिवेशन आगामी मंसिर २ देखि ६ गतेसम्म गर्ने निर्णय गरेको हो।

आजको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षी केन्द्रीय सदस्यहरुको अनुपस्थित थिए। ओली पक्ष मात्रै सहभागी केन्द्रीय कमिटी बैठकले अध्यक्ष र महासचिवबाहेक सबै पदाधिकारी खारेज गर्ने समेत निर्णय गरेको छ।

पदाधिकारीमा ओली, उपाध्यक्षहरू वामदेव गौतम, विद्यादेवी भण्डारी, भीम रावल, अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवाली थिए।

गत पुस ५ गते सरकारले प्रतिनिधिसभा विघटन गरेपछि साविकको नेकपा दुई समूहमा विभाजित भएको थियो। नेकपा ओली समूह र प्रचण्ड–नेपाल समूह गरी दुई समूहमा विभाजित भएको थियो। तर, यही फागुन २३ गते सर्वोच्चले तत्कालीन एमाले र माओवादीबीचको एकताबाट बनेको नेकपालाई आधिकारिकता दिन नसकिने पक्षमा फैसला गरेपछि दुवै पार्टी पुरानै अवस्थामा फर्किनुपरेको थियो।  

सर्वोच्चको फैसलापछि प्रचण्डको साथमा रहेको नेपाल समूह एमालेमै फर्किएको थियो। एमालेमा विगतदेखि नै ओली र नेपाल गरी दुई समूह रहेका छन्।

प्रकाशित: २८ फाल्गुन २०७७ १२:१३ शुक्रबार

ओली पक्ष महाधिवेशन