राजनीति

जसपाको संसदीय दलको बैठक बस्दै

फाइल तस्बिर।

जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको बैठक बस्दैछ। सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दिउँसो १ बजेका लागि बोलाइएको बैठकले संसदीय दलको विधान पारित गर्ने जसपा सांसद् एकवाल मियाँले जानकारी दिए।

आजको बैठकले संसदीय दलको नेता पनि चुन्ने चर्चा चलेपनि सांसद् मियाँले भने त्यसको कुनै तयारी नरहेको दाबी गरे। ‘आजको बैठकले संसदीय दलको विधानलाई छलफल गरेर पारित गर्छ,’ उनले नागरिकसँग भने, ‘संसदीय दलको नेता छान्ने विषयमा हामीलाई कुनै जानकारी दिइएको छैन।’

प्रकाशित: २८ फाल्गुन २०७७ ०६:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App