राजनीति

प्रधानमन्त्रीसँग छलफल गर्न जसपा नेताहरु बालुवाटारमा

जनता समाजवादी पार्टी (जसपा) नेताहरु प्रधानमन्त्रीसँग छलफलका लागि बालुवाटार पुगेका छन्। नयाँ राजनीतिक परिदृष्यमा निर्णायक बनेको (जसपा) का शीर्ष नेताहरु प्रधानमन्त्री केपी ओलीसँग आफ्ना माग र सत्ता समीकरणका विषयमा छलफल गर्न लागेका हुन्।  

जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई, अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव, वरिष्ठ नेताहरू राजेन्द्र महतो र अशोक राई प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका हुन्।  

यस अघि जसपा अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्रीलाई भेटेर छलफल गरेका थिए। जसपाले पाँच शीर्ष नेताहरूलाई दलहरुसँग छलफलको जिम्मेवारी दिएको छ।  

 

 

प्रकाशित: २७ फाल्गुन २०७७ ११:४१ बिहीबार

जसपा प्रधानमन्त्री