राजनीति

माओवादी र जसपा नेताहरुको भेट, एकै ठाउँमा उभिन दाहालको आग्रह

नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) का नेताहरुबीच भेटवार्ता भएको छ। माओवादी मुख्यालय पेरिसडाँडामा जसपा अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो र माओवादी अध्यक्ष पुष्पकमल दाहाल लगायतका नेताहरुसँग छलफल भएको हो।

भेटमा नयाँ सरकार गठनका विषयमा छलफल भएको थियो। माओवादी अध्यक्ष दाहालले जसपासहितका दल एक ठाउँमा उभिन आग्रह गरेका थिए।  

जसपा नेताहरुले संविधान संशोधन, रेशम चौधरीको रिहाई लगायतका विषय उठाएका थिए। उनीहरुले उधारोमा कुनै पनि सहमति हुन नसक्ने बताउँदै नगदमै सहमति हुनपर्नेमा जोड दिएको बैठकमा सहभागि एक नेताले बताए।

 

प्रकाशित: २६ फाल्गुन २०७७ १०:०२ बुधबार

जसपा माओवादी केन्द्र