राजनीति

सरकार गठनका विषयमा छलफल गर्न ५ सदस्यीय कार्यदल बनाउने जसपाकाे निर्णय

फाइल तस्बिर।

जनता समाजवादी पार्टी (जसपा) ले नयाँ सरकार समिकरणका विषयमा छलफल गर्न पाँच सदस्यीय कार्यदल बनाउने निर्णय गरेको छ। मंगलबार बसेको संसदीय दलको बैठकले जसपाका शीर्ष नेताहरु बसेर महन्थ ठाकुरले बनाएको दुई सदस्यीय कार्यदललाई ५ सदस्यीय बनाउने निर्णय गरेको जसपा सांसद् एकवाल मियाँले जानकारी दिए।

उनकाअनुसार उक्त कार्यदलले नयाँ सरकार समकिरणका विषयमा सबै पक्षसँग छलफल गर्नेछ।

गत आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटपछि सोमबार जसपा अध्यक्ष ठाकुरले २ सदस्यीय वार्ता टोली बनाएका थिए।

प्रकाशित: २५ फाल्गुन २०७७ १३:०५ मंगलबार

जसपा