राजनीति

एमाले र माओवादीको दुई दलीय अधिनायकवाद लाद्ने गुरु योजना असफल : ऋषि कट्टेल

फाइल तस्बिर।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष ऋषि कट्टेलले सर्वोच्च अदालतको निर्णयले दुई दलीय अधिनायकवाद लाद्ने गुरुयोजना असफल पारिदिएको बताएका छन्। एमाले र माओवादी केन्द्रको एकतालाई आधिकारिकता दिने निवार्चन आयोगको निर्णयलाई सर्वोच्च अदालतले खारेज गरिदिएपछि मंगलबार विज्ञप्ति जारी गरेर नेकपा अध्यक्ष कट्टेलले एकताबाट बनेको साविकको नेकपाले संविधान र कानुनविपरीत निरंकुश सर्वसत्तावाद लाद्न खोजेको भएपनि त्यो सफल हुन नसकेको बताएका हुन्।  

‘विसर्जनवादमा पतन भएका एमाले र माओवादी केन्द्र मिलेर बनेको पार्टीले कथित शक्तिको उन्मादमा उनीहरू आफैंले बनाएको संविधान र कानुनविपरीत निरंकुश सर्वसत्तावाद लाद्न खोजेका थिए,’ विज्ञप्तिमा लेखिएको छ, ‘संसदवादी पूँजीवादीमा पतन भएका कथित कम्युनिष्ट नामधारी पार्टीले प्रतिक्रियावादीको कथित दुई दलीय अधिनायकवाद लाद्ने गुरूयोजना अन्तर्गत एकतावद्ध गरिएको प्रपञ्च एक हदसम्म यो निर्णयले असफल पारिदिएको छ।’

सर्वोच्चको फैसलालले ‘समाजमा रहेको वर्गीय लगायतका शोषण र विभेदका विरूद्ध संघर्ष गरिरहेका वर्ग समुदाय तथा राष्ट्रिय स्वाधीनताको पक्षमा उभिएका देशभक्तहरूमा उत्साह थपेको’ उनको भनाई छ।

कट्टेलले सर्वोच्चको फैसलाबाट इमान्दार जनताका असली प्रतिनिधि र पार्टीको विजय भएको समेत बताएका छन्।

नेकपा अध्यक्ष ऋषि कट्टेलले जारी गरेकाे विज्ञप्तिः

प्रकाशित: २५ फाल्गुन २०७७ १०:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App