राजनीति

रघुजी पन्तविरुद्ध कोमल ओली अदालतमा

फाइल तस्बिर।

राष्ट्रियसभा सदस्य कोमल ओली आफूमाथि अपशब्द प्रयोग गरेको भन्दै रघुजी पन्तविरुद्ध मुद्दा दिन जिल्ला अदालत काठमाडौं पुगेकी छन्। मंगलबार ओली कलाकारसहितको टोलीसँग अदालत पुगेकी छन्।

यही फागुन १५ गते काठमाडौंमा आयोजित एक कार्यक्रममा माधव कुमार नेपाल निकट मानिने नेता पन्तले पार्टीमा कुनै योगदान नगरेर ओली राष्ट्रियसभा सदस्य बनेको भन्दै ‘अपशब्द’ प्रयोग गरेका थिए। पन्तले ‘वलीले सारी सर्काएर गोरा पिँडुला देखाएर पोइल जान पाम् भनेपछि सांसद भएको’ टिप्पणी गरेका थिए।

प्रकाशित: २५ फाल्गुन २०७७ ०६:१३ मंगलबार

कोमल ओली रघुजी पन्त