राजनीति

‘रुखले कार्बनडाइअक्साइड दिन्छ’ भन्ने अभिव्यक्ति भाइरल भएपछि वनमन्त्रीले लिखित भाषण गर्दै

फाइल तस्बिर।

‘हामीले रुखलाई अक्सिजन र रुखले हामीलाई कार्बनडाइअक्साइड दिन्छ’ भन्ने अभिव्यक्तिलाई लिएर चौतर्फी आलोचना भएपछि वन तथा वातावरणमन्त्री प्रेम आलेले लिखित भाषण गर्न थालेका छन्। आइतबार नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघको कार्यक्रममा लिखित भाषण गरेका मन्त्री आलेले सोमबार पारिवारिक निजी वन संघ, नेपालको ७औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा पनि लिखित भाषण गरे। 

आइतबारको सम्बोधनमा उनले प्रविधिको प्रयोग गरेर आफ्नो अभिव्यक्तिलाई तोडमोड गरेको दाबी गरेका थिए।  

फागुन १८ गते काठमाडौंमा आयोजित सामुदायिक वन उपभोक्ता महासंघ, नेपालको आठौं राष्ट्रिय परिषद्को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मन्त्री आलेले ‘जुन रुखबाट हामी कार्बनडाइअक्साइड पाउँछौँ, जुन रुखलाई हामी अक्सिजन दिन्छौँ। त्यही रुख यदि रहेन भने के हुन्छ हालत?’ भन्ने अभिव्यक्ति दिएका थिए। सोही अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा अहिले पनि ब्यापक ट्रोल बनिरहेको छ।

प्रकाशित: २४ फाल्गुन २०७७ ०९:१६ सोमबार

वन तथा वातावरणमन्त्री प्रेम आले