राजनीति

दाहाल-नेपाल समूहले संसद सचिवालयलाई दियो दलको नेता परिवर्तन भएको सूचना

नेकपा दाहाल-नेपाल समूहले संसदीय दलको नेता परिवर्तन भएको जानकारी संसद सचिवालयलाई दिएको छ।

दाहाल-नेपाल समूहले दलको नेता पुष्पकमल दाहाल भएको सूचना सचिवालयलाई दिएको छ। दलको शुक्रबार बसेको बैठकले ११५ जना संसदको उपस्थितिमा दाहाललाई दलको नेता चयन गरेको बताएको छ।

दहाल, माधव नेपालसहित सांसदले जानकारी दिन संसदका महासचिव भरतराज गौतमलाई भेटेका थिए।

 

 

प्रकाशित: २३ फाल्गुन २०७७ ०८:५२ आइतबार

संसद वैठक दाहाल नेपाल समूह