राजनीति

प्रदेश २ प्रमुखद्वारा धनगढीमा आगलागी भएको फर्निचर उद्योगको निरीक्षण

प्रदेश २ का प्रदेश प्रमुख डा.राजेश अहिराज सुदूरपश्चिम प्रदेश भ्रमणको क्रममा धनगढी उप–महानगरपालिका वडा नम्बर ४ चटकपुरस्थित आगलागी भएकोे फर्निचर उद्योग स्थलमा पुगेका छन्। आलोक मल्टी कन्सर्न प्रालिद्वारा सञ्चालनमा ल्याउन थालिएको उद्योग स्थलमा निरीक्षणको लागि डा.अहिराज आइतबार बिहान पुगेका हुन्। सो फर्निचर उद्योगमा शनिबार भीषण आगलागी हुँदा ८ करोड रुपैयाँभन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ।

डा.अहिराजले युवाहरु मिलेर सञ्चालनमा ल्याउन लागेको फर्निचर उद्योगमा आगलागीको घटना सुनेर आफू स्तब्ध भएको प्रतिक्रिया दिँदै दुःख समेत व्यक्त गरेका छन्।

उनले भने, 'बिहान हिँड्दै क्षति भएको ठाउँमा गए, कस्तो मन पोल्यो। युवाहरु मिलेर गर्नु भएको रहेछ। उहाँहरुले धेरैलाई रोजगारी पनि दिनु भएको रहेछ। तर उद्घाटन नहुँदैे आगोले खरानी भयो। मन पोेल्यो।'

प्रकाशित: २३ फाल्गुन २०७७ ०५:५९ आइतबार