राजनीति

केपी ओली कुहिएको अण्डा हुन् : प्रचण्ड

फाइल तस्बिर।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘बिग्रिएको अण्डा’ को संज्ञा दिएका छन्। शनिबार पेरिसडाँडामा आयोजित पार्टी समायोजन तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै प्रचण्डले ‘ओली कुहिएको अण्डा’ भएको बताएका हुन्।

‘अण्डा स्वास्थ्यको लागि राम्रो हुन्छ। तर, अण्डा कुहियो भने त्यो भन्दा गन्धा चिज अरु केही पनि हुदैन। कम्युनिस्टहरू राम्रा हुन्छन्, तर गन्हाउन थाले, बिग्रिन थाले  र कुहियो भने त्योभन्दा नराम्रो केही हुँदैन, केपी ओली त्यही कुहिएको अण्डा हो,’ प्रचण्डले भने, ‘कुहिएको र गन्हाएको अण्डालाई खाइँदैन नि, त्यसलाई गाडिन्छ या जलाइन्छ।’

अर्को प्रसंगमा उनले सर्वोच्चको फैसलापछि सबैको जित भएको बताए।

सम्बोधनका क्रममा उनले नेत्र विक्रम चन्द ‘विप्लव’ आफूले कोरेको बाटोमा आएको बताएका थिए।  

कार्यक्रममा प्रचण्ड–नेपाल समूहका अर्का अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री ओलीलाई पदबाट राजीनामा दिन आग्रह गरेका थिए।

प्रकाशित: २२ फाल्गुन २०७७ ११:०० शनिबार

प्रचण्ड नेकपा विभाजन