राजनीति

राष्ट्रका लागि असाधारण र दूरगामी महत्वका काम गर्ने ओलीलाई घेराबन्दीमा पारियो : शंकर पोखरेल

फाइल तस्बिर।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राष्ट्रका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले असाधारण र दूरगामी महत्वका काम गरेको दाबी गरेका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत ओली पक्षीय मुख्यमन्त्री पोखरेलले देशका लागि धेरै काम गरेको भएपनि प्रधानमन्त्रीलाई अहिले चौतर्फी घेराबन्दीमा पारिएको बताएका छन्।

‘यतिवेला उहाँ (प्रधानमन्त्री ओली) चौतर्फी घेराबन्दीमा हुनुहुन्छ। पार्टी एकता संकटग्रस्त बनेको छ। राष्ट्रिय राजनीति पुनः अस्थिर र अन्योलग्रस्त बनाइँदैछ। सबैपक्ष गम्भीर र जिम्मेवार बनौं।’ उनले लेखका छन्।  

उनले विभिन्न १९ वटा बुँदामा ओलीले गरेका कामको चर्चा गरेका छन्।  

ओलीले विश्वास गुमेको अवस्थामा संविधानसधाबाट नयाँ संविधान बनाउनदेखि कोरोना भाइरसको महामारीको सफलतापूर्वक सामना गरेको लगायतका महत्वपूर्ण काम गरेको पोखरेलको भनाई छ।  

प्रधानमन्त्री ओलीले भारतीय नाकाबन्दीको सामना गरेको, चीननसँगको पारवाहन सम्झौताबाट भविष्यमा नाकाबन्दी नहुने परिस्थितिको निर्माण गरेको, सफल चुनावी गठबन्धन र ऐतिहासिक पार्टी एकताको नेतृत्व गरेको, अन्तर्राष्ट्रिय स्तरमा नेपालको आवाज सुनिने अवस्थाको सिर्जना गरेको, विप्लव र सिके राउतसँगको ऐतिहासिक शान्तिवार्ताको नेतृत्व गरेको, स्वास्थ पुर्वाधार विकासमा क्रान्ति ल्याएको लगायतका कामकाे चर्चा उनले गरेका छन्।  

प्रकाशित: २२ फाल्गुन २०७७ ०८:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App