राजनीति

‘प्रधानमन्त्रीलाई हटाउन कदम चाल्नुपर्छ’

जनता समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट हटाउन आवश्यक कदम चाल्नुपर्ने बताएका छन्। बिहीबार खोटाङको जन्तेढुंगा गाउँपालिकाको चिसापानीमा आयोजित पार्टीको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता राईले संसद् पुनस्र्थापना भएपछि प्रधानमन्त्रीले नैतिकताका आधारमा दिनुपर्ने राजीनामा नदिएकाले प्रधानमन्त्रीबाट हटाउन कदम चाल्नु पर्ने बताएका हुन्।  

प्रधानमन्त्री ओलीले नैतिकताको आधारमा राजीनामा नदिँदा मुलुकमा थप राजनीतिक विकृति मौलाएको वरिष्ठ नेता राईको भनाइ छ। ‘संसद् पुनस्र्थापना भएपछि प्रधानमन्त्री ओलीले नैतिक रूपमा राजीनामा दिनुपर्ने थियो। नैतिकताको आधारमा राजीनामा नदिएकाले मुलुकमा राजनीतिक विकृति मौलाउँदै गएको छ,’ उनले भने, ‘प्रधानमन्त्रीले राजीनामा नदिए हटाउनलाई आवश्यक कदम चाल्ने बेला भएको छ। यो बेला खतरामा परेको लोकतान्त्रिक गणतन्त्र बलियो बनाउन नेपाली कांग्रेसले भूमीका खेल्नुपर्ने अवस्था छ।’ वरिष्ठ नेता राई चार दिनदेखि आफ्नो गृह–जिल्लाका विभिन्न स्थानमा आयोजित पार्टीका कार्यक्रममा सहभागी भइरहेका छन्।

प्रकाशित: २२ फाल्गुन २०७७ ०२:४३ शनिबार

जनता समाजवादी पार्टी वरिष्ठ नेता अशोक राई प्रधानमन्त्री केपी शर्मा ओली