राजनीति

हाम्रो सरकार नेपालको लागि ‘कम्फर्टेबल’ छ : प्रधानमन्त्री ओली

फाइल तस्बिरः नागरिक

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको हित गर्ने सरकारको आवश्यक रहेको बताएका छन्। मंगलबार झापाको बिर्तामोडमा पूर्वाञ्चल क्यान्सर अस्पताल उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाल र नेपालीका लागि काम गर्ने सरकार चाहिएको बताएका हुन्।

‘नेपाली जनताले दुःख पाए नि पाउन् जे सुकै होउन्, अर्काका लागि कम्फर्टेबल सरकार होइन। नेपाली जनताका लागि कम्फर्टेबल सरकार चाहियो। नेपाली जनतालाई सजिलो हुने सरकार चाहियो। नेपाली जनताका लागि काम गर्ने सरकार चाहियो,’ ओलीले भने,‘नेपाली जनताका लागि आवास दिने, बाटो दिने, खानेपानी दिने, विद्यालय दिने सरकार चाहियो। त्यसकारण हामी नेपाल र नेपालीका लागि काम गर्छौं। अरुलाई खुसी पार्ने कुरो हाम्रो हाइन’

नेपाल विश्वकै सबैभन्दा कम खर्चमा स्वास्थ्य उपचार र परीक्षण गर्ने देश भएको उनको भनाई छ। उनले नेपालको माटोमो डिजिटल नक्सा बनाइसकेपछि कृषि क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल भएको समेत बताए।  

सम्बोधनका क्रममा उनले शिक्षा, प्रविधि, भौतिक पूर्वाधारको क्षेत्रमा सरकाले धेरै काम गरेको बताएका थिए।

प्रकाशित: १८ फाल्गुन २०७७ १०:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App