राजनीति

दुर्गा प्रसाईंको बिएन्डसी मेडिकल कलेजले चाँडै सम्बन्धन पाउँछ : प्रधानमन्त्री ओली

फाइल तस्बिर।

प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको प्रस्तावित बिएन्डसी मेडिकल कलेजले चाँडै सम्बन्धन प्राप्त गर्ने बताएका छन्। दुर्गा प्रसाईंले सञ्चालनमा ल्याएको क्यान्सर अस्पतालको मंगलबार झापाकाे बिर्तामोडमा उद्घाटन गर्दै ओलीले सम्बन्धनका लागि प्रक्रिया अघि बढेको र बिएन्डसीले काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन पाउने दाबी गरे।

‘यो क्यान्सर अस्पताल मात्र हैन, बिएन्डसी टिचिङ अस्पताल अब शिक्षण अस्पतालको रूपमा अगाडि बढ्छ, काठमाडौं विश्वविद्यालयलले छिट्टै सम्बन्धन दिनेछ’ ओलीले भने, ‘यो कुरा अघि बढिसकेको कुरा उहाँ दुर्गा प्रसाईंलाई थाहा छ।’

यसअघि काठमाडौं विश्वविद्यालयको कार्यकारिणी सभा (सिनेट) बैठकमा शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठको दबाबमा बिएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने प्रक्रिया अघि बढाइएको छ। तर, सनेटकै सदस्यहरुले राष्ट्रिय चिकित्सा शिक्षा ऐन विपरित सम्बन्धन दिन खोजिएको भन्दै विरोध गरिरहेका छन्।

प्रकाशित: १८ फाल्गुन २०७७ ०९:५८ मंगलबार

बिएन्डसी मेडिकल कलेज प्रधानमन्त्री केपी शर्मा ओली