राजनीति

सूर्य चिन्ह हाम्रै हाे : प्रचण्ड

फाइल तस्बिरः नागरिक।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनभित्र निर्वाचन आयोगले पार्टीको आधिकारिकता आफूलाई दिने बताएका छन्। सोमबार काठमाडौंको बबरमहलमा आयोजित पेसागत महासंघ नेपाल र नेपाल राष्ट्रिय कर्मचारी महासंघबीचको एकता घोषणा सभामा प्रचण्डले अबकाे केही दिनमा पार्टीको नाम र सूर्य चिन्ह आफूहरुलाई दिने बताएका हुन्। 

निर्वाचन आयोगले अबको केहीदिनभित्र पार्टीको आधिकारिता आफूलाई दिने प्रचण्डको दाबी छ। अदालतसँगको सेटिङको कुरा भत्किसकेको उल्लेख गर्दै उनले अब ‘निर्वाचान आयोगवाला सेटिङ’ पनि भत्किने दाबी गरे। ‘मैलै बुझेर भनेको हुँ, अबको केही समयभित्रै निर्वाचन आयोगले उहाँ (केपी ओली) लाई यो पार्टी उहाँको आधिकारिक हुन सम्भव हुन्न, आधिकारिक पार्टी बहुमतवाला पार्टी नै हो र सूर्य चिन्ह र नाम उहाँकै हो भन्ने फैसला हुन्छ,’ उनले भने।

प्रकाशित: १७ फाल्गुन २०७७ ११:३४ सोमबार

ओली-प्रचण्ड पाटी विभाजन